Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो


    सोमबार, जेष्ठ २३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको हो ।

    सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । 

    सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार