Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाले दिए आणविक परीक्षणबाटै जबाफ


    सोमबार, जेष्ठ २३ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सीउल । उत्तर कोरियाको आणविक परीक्षणको बदलामा अमेरिका र दक्षिण कोरियाले आठ ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

    सो कार्य उत्तर कोरियाको ‘आक्रमण विरुद्ध’ भएको दक्षिण कोरियाली सेनालाई उदृत गर्दै योनहाप समाचार संस्थाले जनाएको छ । 

    उत्तर कोरियाले छोटो दूरीका आठ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले कदम चालेकाे हाे । त्यसअघि दक्षिण कोरिया र अमेरिकाले अमेरिकी विमान प्रयोग गरेर संयुक्त सैन्य अभ्यास गरेका थिए । 

    दक्षिण कोरियाली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘ हाम्रो सेनाले उत्तरको ब्यालिस्टिक मिसाइलको उत्तेजक शृंखलाको कडा निन्दा गर्दछ । प्रायद्वीपमा सैन्य तनाव बढाउने कार्य तत्कालै रोक्न जोडदार आग्रह गर्दछ । ’

    आर्थिक प्रतिबन्धबीच प्योङयाङले यस वर्ष आणविक हतियारका कार्यक्रम दोब्बर पारेको छ । उत्तरले नयाँ आणविक परीक्षणका लागि तयार गरेको विज्ञहरूले बताउँदै आएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपति युन सुक–यओलले प्योङयाङको उत्तेजनाविरुद्ध कडा अडान लिने बाचा गर्दै आएका छन् ।  एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार