Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


    सोमबार, जेष्ठ २३ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • मोरङ। मोरङको रतुवामाई नगरपालिका–१ मा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार व्यक्ती घाइते भएका छन् । 

    दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक मोरङकै सुनवर्सी नगरपालिका–९ का २४ वर्षीय राज कुमार शर्माको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    घाइते सोही मोटरसाइकलमा पछाडी सवार भारतीय नागरीक २२ वर्षीय किसन कुमजार कामतको रंगेली अस्पतालमा उपचार भइरहेको छ । 

    मे ४ प ४५५१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार