Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रेलियाको सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुँदै


    आइतबार, जेष्ठ २२ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् । 

    नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ । जसमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिनेछन् । 

    यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ । 

    १८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार