Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरबाट भैरहवा आएकाे बस राेहिणी नदीमा खस्याे, ३४ घाइते


    आइतबार, जेष्ठ २२ २०७९
    360
    Shares
  • १ मिनेट पाठ
  • भैरहवा ।  भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खसेको छ । आज बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा रहेका ३४  जना यात्रु घाईते भएका छन । 

    जनकपुरबाट भैरहवा तर्फ आउदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचारको लागी भर्ना गरिएको छ । दुर्घटनाबारे थप अपडेट आउन बाँकी रहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । 

    उनले प्रहरीले बसलाई निकालेको र घाईतेको उद्दार गरि अस्पताल पुर्‍याउने काम भएको बताए । चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मोडमा रहेकाे पुलका कारण पनि बस दुर्घटनामा पर्ने गरेका छन् ।

    घाईते मध्ये २ जना बालक र ३ जना महिला रहेकाे बुझिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार