Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जिल्ला र प्रदेश भलिबल संघको निर्वाचन असार दोस्रो साता


    आइतबार, जेष्ठ २२ २०७९
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल भलिबल संघ (एनभिए)  को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले  १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।

    शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । 

    जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऎनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हर्क सिंह धामीलाई छनोट गरिएको छ ।

    भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । 

    यसैगरी बैठकले खेलकुद ऎन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । यद्यपि बैठकले निर्वाचन मिति भने तोक्न सकेन ।

    बैठकले पूर्वअध्यक्ष गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको विधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन् ।

    बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझाव सहित केन्द्रीय अधिवेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवादबारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार