Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


    शुक्रबार, जेष्ठ २० २०७९
    3.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी।डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा बजारबाट पुइलेकतर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

    अमरगढी नगरपालिका वडा नम्बर ६ का सजन ताम्राकारको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार