Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदमा ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक


    शुक्रबार, जेष्ठ २० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदमा ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरिएको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका हुन् । 
    आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका थिए । 

    यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । 

    गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार