Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने


    शुक्रबार, जेष्ठ २० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी  तीनै तहका कर्मचारीहरुलाई आम्नेसाम्ने हुने वतावरण मिलाएको हो । 

    यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी  तीनै तहका कर्मचारीहरुप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनका कार्यक्रम संयोजक अच्यूत न्यौपानेले बताए ।  

    प्रतियोगिताको विजेताले खसी मेडल, कप र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुनेले बोका मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ  । 

    प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजारको साथमा प्रमाणपत्र र सर्वाधिक गोलकर्तालाई नगद एक हजारका साथ प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुशासित टिमलाई नगद ३ हजारका साथमा सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार