काठमाडौं । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।सिभिल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्यसम्पादन गर्दै आएका रायमाझीलाई गत सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु भएको उनको करियर नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंकमा गरी कुल २१ वर्षको पुगेको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै संचालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुसी व्यक्त गरे ।