Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    शुक्रबार, जेष्ठ २० २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

     बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     शनिबार प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार