Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मोटरसाइकल चोरी गरेको आरोपमा ८ जना पक्राउ


    बिहिबार, जेष्ठ १९ २०७९
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा। जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका-५ घर भएका २७ वर्षीय करण अहमद, झापाको गौरीगञ्‍ज गाउँपालिका-५ बस्‍ने १८ वर्षीय ओमप्रकाश यादव, झापाकै अर्जुनधारा नगरपालिका-८ बस्‍ने १८ वर्षीय समीर मियाँ र विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय विष्णु भण्डारी रहेका छन् ।

    यस्तै विर्तामोड नगरपालिका-५ बस्‍ने १८ वर्षीय करण मण्डल, विर्तामोड नगरपालिका-३ बस्‍ने १९ वर्षयीय कुमार राजवंशी, विर्तामोड नगरपालिका-३ बस्‍ने १८ वर्षीय सुमन बिहारी र इलाको चुलाचुली घर भएका १८ वर्षीय राहुल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार