Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से ७ अंकले ओरालाे


    बुधबार, जेष्ठ १८ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालाे लागेकाे छ । नेप्सेमा बुधबार ७.१९ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अङ्कमा पुगेको छ ।

    नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् । 

    नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा  कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैया र मैलुङखोला जलवि्युत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाले बढेर ५२८ रुपैया पुगेको छ । 

    त्यस्तै नेप्सेमा  शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाले घटेर ९२४ रुपैया पुगेको छ ।  सेयर बजारमा डेभलमेण्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालाे लागेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार