Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा


    मंगलबार, जेष्ठ १७ २०७९
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् । 

    आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् । 

    मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार