Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठमेल-नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने


    मंगलबार, जेष्ठ १७ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । काठमाडौंको ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ।

    काठमाडौँ महानगरपालिका–२६ का नवनिर्वाचित वडाध्यक्ष ख्यामराज तिवारीले सोमबार पदभार ग्रहण गर्दै उक्त क्षेत्रलाई व्यवस्थित र नमूना क्षेत्र बनाउने बताए।

    ‘ठमेल घुम्न आएका विदेशी पर्यटकलाई नयाँ बसपार्क घुम्न जाने वातावरण निर्माणमा वडा लाग्नेछ’, उनले भने।

    तिवारीले आफ्नो पहिलो कार्यकालमा ऐन, नीति, नियम निर्माण र वडा कार्यालयको भवन निर्माणमा बितेको भन्दै आगामी कार्यकालमा वडाभित्रका समस्या समाधानमा काम गर्ने बताए।

    अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति विद्या गृह स्कुलको भवन पुनःनिर्माण र विभिन्न बाटोहरु कालोपत्र गरेको उनको भनाइ थियो।

    मेलम्ची खानेपानी आयोजनाको काम र विद्युत् प्राधिकरणको कामले गर्दा कतिपय बाटाहरू कालोपत्र रोकिएको भन्दै यसलाई छिटै सम्पन्न गरिने वडाध्यक्ष तिवारीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार