Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, बन्दुकसहित १० जना पक्राउ


    सोमबार, जेष्ठ १६ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्युठान । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ अमिलीका ३४ वर्षीय दोर्ण बहादुर आलेमगर रहेका छन् । 

    अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आइतबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको थियो । 

    सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्ण बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको छ । 

    घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार