Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विमान दुर्घटनाग्रस्त क्षेत्रमा सेनाको हेलिकोप्टर जान सकेन, ६५ जनाको उद्धार टोली पैदलबाट जाँदै


    सोमबार, जेष्ठ १६ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन । 

    सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ । तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले बताए ।

    हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ ।  उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् । 

     त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार