Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनाको हेलिकोप्टरमा इन्धन सकिएर जोमसोममा थन्कियो, उद्धार कार्य प्रभावित 


    सोमबार, जेष्ठ १६ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त विमान फेला परे पनि उद्धार कार्य हुन सकिरहेको छैन ।  उद्धारका लागि तैनाथ गरिएको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि जोमसोम विमानस्थलमै छ । 

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले भर्खरै इन्धन जोमसोम पठाइएको बताए । 

    ‘सेनाको हेलिकोप्टर उद्धारका लागि हिजै जोमसोम गएको हो । तर, इन्धन सकिएको छ । हामीले भर्खरै पठाएका छौँ । इन्धन पुगेपछि सेनाको टोलीले हेलिकोप्टरमार्फत उद्धार थाल्ने छ ।’

    उनले दुर्घटनास्थलमा मौसम सफा पनि नभएको जानकारी दिए ।

    आज बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार