Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईपीएल अपडेटः नयाँ टोली गुजरात बन्यो आईपीएल विजेता 


    सोमबार, जेष्ठ १६ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) गुजरात टाइटन्सले जितेको छ। यस पटक मात्र आईपीएल खेलेको गुजरातले पहिलो पटकै उपाधि जित्न सफल भएको हो।

    गए राति भएको फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो। पहिले ब्याटिङ गर्दै राजस्थानले ९ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १८ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो।

    गुजरातको जितमा शुभमन गिलले ४५ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले ३४ रन बनाए। खेल लो स्कोरिङ भए पनि दुवै पक्षको बलिङ कसिलो हुँदा रोमाञ्चक भएको थियो।

    राजस्थानका लागि ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र युजवेन्द्र चाहलले समान १-१ विकेट लिए।

    यता एकै सिजनमा चार शतक हानेर कीर्तिमान बनाएका राजस्थानका जस बट्लरले प्लेयर अफ द टुर्नामेन्टको उपाधि पाए। हिजोको खेलमा भने त्यति चम्किन सकेनन्। राजस्थानका लागि सर्वाधिक ३९ रन बनाए। यशस्वी जयसवालले २२ रन बनाए।

    गुजरातका लागि हार्दिक पाण्ड्याले ३ विकेट लिए। उनी म्यान अफ द म्याच पनि भए। साई किशोरले २ विकेट लिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार