Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी ग्रिनकार्डधारीलाई मन्त्री आलेले गरे सम्मानः तेन्जिङ हिलारी अवार्डसहित ५० हजार पुरस्कार


    सोमबार, जेष्ठ १६ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अमेरिकी पीआर (ग्रिनकार्ड) लिएकी दावा याङ्जुम शेर्पालाई तेन्जिङ हिलारी अवार्डले सम्मानित गरेका छन् ।   

    १५ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा नेपाल पर्वतारोहण संघले आइतबार आयोजना गरेको कार्यक्रममा अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र(ग्रिनकार्ड) पाएकी याङ्जुमलाई हिलारीको नाममा स्थापित अवार्ड दिइएको हो । ५० हजार रुपैयाँ नगदसहित तेन्जिङ हिलारी अवार्ड याङ्जुमलाई प्रदान गरिएको छ । विदेशी पीआर लिएकी उनलाई सम्मान गरिएको बिषयले संघभित्र पनि टिकाटिप्पणी भएको छ । सरकारी कोषबाट संचालित संघले विदेशी पीआर लिएकालाई हिलारीको नाममा स्थापित सम्मान दिएको बिषय विवादमा परेको छ ।

    पर्वतारोहण पर्यटनको विकासमा योगदान दिएको भनेर उनलाई सम्मान गरिएको संघले दावालाई प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । पर्यटन मन्त्री आले, सचिव महेश्वर न्यौपाने, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले दावा याङ्जुमलाई प्रदान गरिएको सम्मानमा हस्ताक्षर गरेका छन् ।

    २०७० मा सुशील कोइराला प्रधानमन्त्री र लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा विदेशी पीआर लिनेहरुलाई नेपालको सरकारी सेवामा काम गर्न रोक लगाएका थिए । कर्मचारीलाई जागिर वा पीआर एक रोज्न निर्देशन दिइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार