Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोविन्दराज जोशीसहित तीन नेतालाई कांग्रेसले गर्‍यो निष्कासन


    शनिबार, साउन १० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी लगायत तीन नेतालाई कारबाही गरेको छ ।  पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर बिष्टलाई कारबाही गरेको हो । 

    जोशीले गत प्रतिनिधिसभा निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनीविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी नै खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो । 

    कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । कारबाहीमा परेका तीन जनासँग यसअघि स्पष्टीकरण मागिएको तर चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै कारबाही गरेको कांग्रेसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार