Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लार्जुङका शिक्षक विरेन्द्र भन्छन्ः विमानकाे आवाज सुनेका थियौं, आर्मीको टिम जाँदै छ


    आइतबार, जेष्ठ १५ २०७९
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो ।

    ‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयाे भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’

    उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन । यहिँ निर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन् ।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार