Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेपत्ता जहाज अपडेटः मुस्ताङका सिडिओ भन्छन्- टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं


    आइतबार, जेष्ठ १५ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

    लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

    ‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार