Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिभरपुललाई हराउदै रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि


    आइतबार, जेष्ठ १५ २०७९
    555
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  
    काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औं उपाधि जितेको छ । शनिबार राति फ्रान्सको राजधानी पेरिसमा भएको खेलमा चार वर्ष अघिको फाइनलमा निकालेको नतिजालाई दोहोर्याउँदै उपाधि जितेको हो । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियलले फाइनलमा लिभरपुललाई ३-१ को नतिजामा निराश पारेको थियो । 

    पाँच सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग फाइनल खेलिरहेको लिभरपुललाई अर्को एउटा निराशा चखाउने क्रममा रियलले गए राति पेरिसमा १-० को विजयी नतिजा निकाल्यो ।

    ५९औं मिनेटमा फेडेरिको भाल्भेर्डेको क्रसलाई गोलमा परिणत गर्दै भिनिसियर जुनियरले रियलको जितको कथा रचेका थिए । भिनिसियर जुनियरको जारी सिजनको च्याम्पियन्स लिगमा यो चौथो गोल हो । 

    च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियर जुनियरले यो गोलसँगै आफ्नो नाममा लेखाए । यसैगरी, रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टी पनि प्रशिक्षकका रुपमा चार पटक उपाधि जित्ने एकमात्र प्रशिक्षक बन्न सफल भए । 

    चार वर्षअघि किभमा भएको फाइनलमा भोगेको हारको बदला लिने लिभरपुलको उद्देश्य असफल भएपछि योर्गान क्लोपको टोलीको सातौं च्याम्पियन्स लिग उपाधि जित्ने प्रतिक्षा थप समयका लागि लम्बिएको छ । 

    च्याम्पियन्स लिगको इतिहासमा रियलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने सात पटक उपाधि जितेको इटालियन महारथी एसी मिलान दोस्रो स्थानमा छ ।

    रियलका गोलकिपर थियाबाउट कोर्टवाले ९ वटा खतरनाक आक्रमणमा पर्खाल झै बनेर पोष्ट सुरक्षामा सफल हुँदा लिभरपुल हकलाग्दो जितबाट विमुख भएको थियो । जसका कारण घरेलु लिग कप र एफए कप जितिसकेको लिभरपुल एकै सिजनमा तीन उपाधि जित्ने कीर्तिमान बनाउनबाट पनि चुक्यो ।

    पहिलो हाफ हुन एक मिनेट बाँकी रहँदा उच्च फर्ममा रहेका रियलका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले गरेको गोलले अफसाइड  पाउँदा स्पेनिस टोली सुरुवाती अग्रताबाट बिमुख भएको थियो ।

    सुरक्षाको कारण देखाउँदै निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भएको खेलमा लिभरपुलका मोहम्मद सालाहका दुई प्रहार विपक्षी गोलकिपर कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए । 

    यसैगरी, १७औं मिनेटमै साडियो मानेको प्रहार पोष्टमा लागेर फर्किँदा कोर्टवाले नै बचाएका थिए । यसैगरी ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, लुइस डियाज, थियागो अल्कान्टारा, फाबिन्हो र जोर्डन हेन्डरसनका प्रहार पनि रियालका गोलकिपर कोर्टवालाई पार गर्न सफल भएनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार