Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनिल थापालगायत राप्रपका ३१ जनाको राजीनामा, कांग्रेस प्रवेशको तयारी


    शनिबार, साउन १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व आपूर्तिमन्त्री सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । यसका लागि उनीसहित अन्य ३१ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संयुक्त राजीनामा दिएका छन् ।

    थापासहितका नेताले शनिबार पार्टीका अध्यक्षत्रयलाई राजीनामा बुझाएको थाहा भएको छ। राजीनामा दिनेमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतलगायत छन् । 

    पछिल्लो समय नेपाली कांग्रेसले राप्रपा लगायतका दलका प्रभावशाली नेतालाई पार्टीमा भित्र्याउने क्रम जारी छ। धनकुटा क्षेत्रमा राम्रो पकड भएका थापाले पार्टीको नेतृत्वपंक्तिसँग असन्तुष्टि जाहेर गर्दै राजीनामा दिएका छन् । पछिल्लो समय राप्रपा एकीकरणपछि नै असन्तुष्ट रहँदै आएका थापाले कांग्रेसमा राम्रो भूमिका पाउने पक्का भएकाले राजीनामा दिएको बुझिएको छ ।

    rpp1-1.png 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार