काठमाडौं । शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् ।
त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो ।
तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकीकरण प्रक्रियामा पशुपतिशम्शेर जबरा र लोहनी नेतृत्वको पार्टी राप्रपा आएपछि गणतन्त्रको एजेन्डा त्यागेका हुन् ।
उनका समकालीन राजनीतिज्ञ तथा पूर्वमन्त्री बुद्धिमान तामाङ गणतन्त्रमा पनि कुशासन र भ्रष्टाचार भइरहेकाले गणतन्त्रात्मक प्रणालीप्रति पनि प्रश्न उठेको बताउँछन् ।
उनले भने, ‘म पनि पहिले गणतन्त्रवादी नै थिएँ तर जनतालाई प्रवाह गरिने सेवा उस्तै अनि कुशासन र भ्रष्टाचार पनि छँदैछ । यस्तो भए पछि राजतन्त्र र गणतन्त्रमा के अन्तर भयो ?’
गणतन्त्रप्रति क्रमशः जनतामा वितृष्णा पैदा हुँदा काठमाडौं र धरानलगायत शहरी क्षेत्रबाट दलभन्दा पनि स्वतन्त्र उम्मेदवार स्थानीय निर्वाचनमा निर्वाचित भएको उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend