Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध लागूऔषध सहित भारतीय नागकि अनवर अली  पक्राउ


    बुधबार, चैत्र ५ २०७६
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ चैत
        काठमाडौं महानगरपालिका १४ कलंकीस्थित राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध चरेश ६ केजी १ सय ५० ग्राम सहित भारत बिहारका ३६ वर्षीय अनवर अली अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अन्सारी बसेको उक्त गेष्ट हाउसको कोठा नम्बर ११५ मा जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

        पर्सा, पटेर्वा सुगौली गाउँपालिका(२ बैधनाथपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम, चरेश १ किलो र हाल पहिचान हुन नसकेको धुलो १ किलो ५ सय ग्राम सहित सोही गाउँपालिका ४ देउरवाना बस्ने ५० वर्षीय नुर आलम मियाँलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुरटाँडीबाट  खटिएको प्रहरीले उनलाई साईकलमा दाउरा ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार अर्का व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

        बाँके, नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट अवैध लागूऔषध चरेश १ किलो २ सय ५० ग्राम सहित कालिकोट खाडाचक्र नगरपालिका(३ बस्ने २५ वर्षीया सुबिरा शाहीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
        यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएकाछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार