Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी जग्गा बेच्न ५ करोड २० लाख बैना लिने २ जना पक्राउ


    शनिबार, जेष्ठ १४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् । 

    पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशव प्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई अनुमति लिएका छौं भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिई ठगी गरेका थिए ।

    आफु ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राई समेतले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवैलाई  भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार