Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस


    शुक्रबार, जेष्ठ १३ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् । 

    प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए । 

    उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए । 

    ‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने  ।

    ४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार