Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाहबाट गर्न हुँदैन: नगरप्रमुख श्रेष्ठ


    शुक्रबार, जेष्ठ १३ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मिडियाविना मानव जीवन अपांग जस्तै बन्ने बताएका छन् ।

    नयाँ  एफ.एम. ८७ दशमलव ६ मेगाहर्जको १२औं स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको समारोहमा श्रेष्ठले मिडियाकै कारण देशभरको समाचार क्षणभरमा जनजनमा पुग्ने गरेको बताए ।

    आफ्नो स्थापना दिवसको अवसरमा एफ.एम.ले अर्घाखाँचीका स्थानीय तहहरूमा निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मानसहित आयोजना गरिएको विशेष समारोहमा श्रेष्ठले सञ्चार माध्यमहरूले छिटो समाचार पुर्‍याउने प्रयासमा गलत समाचार सम्प्रेषण गर्न नहुने बताए ।

    स्थापना दिवसको अवसरमा रेडियोले पूर्व सहकर्मीहरूलाई सम्मान गरेको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार