Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा ३५ केजी गाँजासहित दुई जना पक्राउ


    शुक्रबार, जेष्ठ १३ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट करिब ३५ केजी गाँजा सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् । 

    हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरिएको हो ।  

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार