Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० अब नेपाली बजारमा, यस्ता छन् विशेषता


    बिहिबार, जेष्ठ १२ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं। यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को एमएडब्लू इन्टरप्राइजेजले हिजोबाट बिक्री वितरण सुरु गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो।

    कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो निपो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लुटूप कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ । राइड फ्रि अवधारणाका साप तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक

    पात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ।

    महा एक्सचेञ्ज मेलामा नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराइएको यस अल न्यू एफ जैड एक्स १५०, फ्युल इन्जेक्टेड (Fi ) र भारत स्टापाण्डर्ड ०६, एयर-कूल्ड, १५० सीसौ ब्लू कोर इन्जिन र ५-स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो। यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ ।

    यामाहाका अन्य मोटरसाइकलहरुभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको  यस मोटरसाइकको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ । उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टू(लेभल सिट, बलियो ब्लक प्याटून टापर, फ्रण्ट फोर्क बुट का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटीजस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन्। साथै, डिआरएलका साथ बाइ फड्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् ।

    आइतवारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४,२६,९००/ रहेको कम्पनीले जनाएको छ ।

     यसका अतिरिक्त कम्पनीले आफ्नो नयाँ स्किम रोड टू मोटो जिपी पनि सार्वजनिक गरेको छ । रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरुका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, पाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै वाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

    yamaha2.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार