Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन चार दफामा संशोधन आवश्यकः प्रवक्ता  रेग्मी


    बिहिबार, जेष्ठ १२ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर हिंसापीडित महिलालाई न्याय दिलाउन चाहेको बुधबार बताइसकेका छन् । 

    हदम्याद हटाउन मुलुकी अपराध संहिता– २०७४ मा जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी परिच्छेदका दफाहरूमा संशोधन गर्नुपर्छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन प्रक्रिया थालेको छैन । 

    हदम्याद हटाउनै परे मन्त्रालयले संशोधनका लागि मस्यौदा तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गर्नुपर्ने र मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिनुपर्ने प्रक्रियागत प्रावधान छ । 

    संसद्को दुवै समितिमा छलफलपछि पारित संशोधन पारित हुँदा राष्ट्रपतिबाट प्रमाणीकरण भएको अवस्थामा हदम्याद हट्ने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी बताउँछन् । 

    उनले बलात्कारसम्बन्धी दफाहरू २१९, २२०, २२१ र २२२ मा संशोधन आवश्यक हुने बताए । 

    आठ वर्षअघि भएको भनिएको एउटा बलात्कारसम्बन्धी घटनाका पीडितलाई न्याय दिलाउन सन्दर्भमा हदम्याद हटाउनुपर्ने आवाज उठेको हो । 

    तर, यसअघि नायक पल शाह प्रकरणमा भने बलात्कार भएको भनिएको दुई वर्षपछि प्रहरीमा उजुरी पर्दा हदम्याद नाघिसकेको भन्दै उजुरीमाथि कतिपयले प्रश्न उठाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार