Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘कभी इद कभी दिवाली’ जगपति भिलेन


    बिहिबार, जेष्ठ १२ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा सेलाएको छैन । फिल्मको कलाकारलाई लिएर दैनिक नयाँनयाँ समाचार आइरहेका छन् । अब यो फिल्ममा भिलेनको भूमिका दक्षिण भारतीय अभिनेता जगपति बाबूको प्रवेश भएको छ ।

    यसअघि नै यो फिल्ममा दक्षिण भारतीय दुई कलाकारको प्रवेश भइसकेको छ । समाचारअनुसारा फिल्ममा जगपतिलाई निकै डरलाग्दो भिलेनको चरित्रमा देखाइनेछ । जसका लागि उनले मेहनत पनि गरिरहेका छन् ।

    सलमान पेन इण्डियाबाट फिल्म बनाइरहेका छन् । सोहीकारण फिल्मको कास्टिङमा उनले बढी ध्यान दिएका छन् । जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिनेछन् ।

    फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल र शहनाज गिलको पनि अभिनय हुनेछ । फिल्ममा दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे पनि जोडिएकी छन् ।

    फिल्म सन् २०२३ को इदमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार