Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महालक्ष्मी नगरपालिकाका मेयरले पदबहालीसँगै गरे यस्ता निर्णय


    बुधबार, जेष्ठ ११ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर। ललितपुरको  महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले  आज (बुधबार) पदबहाली गरेका छन् ।

    नगरपालिका कार्यालय इमाडोल पुगेर मेयर श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले पदबहाली गरेका हुन्। पदबहालीअघि मेयर श्रेष्ठले उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

    मेयर श्रेष्ठले पदहालीसँगै केहि नयाँ निर्णय गरेका छन्  पहिलो– प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रोटोकल अनुसार नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलालाई सुत्केरी भएपश्चात प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैयाँ नगद दिने । साथै सुत्केरी हुँदा अस्पताल जाँदा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले व्यवस्थापन गर्ने ।

    दोस्रो निर्णय छ– ‘क’ वर्गको अपाङ्ता परिचय पत्र प्राप्त व्यक्तिहरुलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको घरसम्म पुर्‍याउने ।

    मेयर श्रेष्ठले गर्भवती र सुत्केरी महिलाको परिवारलाई आर्थिक भारतबाट जोगाउन र अपाङ्ता भएका व्यक्तिहरुलाई सहजता होस् भनेर दुई वटा निर्णय गरिएको जानकारी दिएका छन्।

    मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीलगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
    स्वागत समारोहमा प्रदेश सभा सदस्य माधव पौडेल, निवर्तमान मेयर रामेश्वर श्रेष्ठ, निवर्तमान उपमेयर निर्मला थापा, विभिन्न दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार