पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले धेरै ठाउँमा चुनाव हारेको तर्क गरेका छन् ।
विजयी र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको बदनियतका कारण आफ्नो उपमेयरले चुनाव हारेको र आफूले पनि कम मत पाएको बताए । ‘निर्वाचन आयोगले धेरै बदनियत गर्यो । महानगर र भक्तपुरका नगरपालिकामा उम्मेदवार नभएका पार्टीको चुनाव चिन्ह हुँदैन भन्नुभयो । हामी त्यसमा लाग्यौं । सोही अनुसार प्रचार गर्यौं । तर, पछि सबै चिन्ह राखियो । हामी मतदाताको घरघरमा पुग्न सकेनौं,’ उनले भने, ‘अहिले मत कति बदर भए भए । त्यसको लेखोट छैन । २४ वडाध्यक्ष जितेका छौं, सबैमा वडा सदस्य जिताउनुपर्ने थियो । दुर्भाग्य धेरै ठाउँमा जिताउन सकिएन ।’
आयोगले नियतवश मतपत्र तलमाथि बनाएको आचार्यको आरोप छ । ‘मतपत्र जिकज्याक भयो । तराई र अरू ठाउँमा मतपत्र चिनाजस्तो लामो थियो, हाम्रो महानगरमा मान्द्रोजस्तो मतपत्र आयो । एकातिर सूर्य, अर्कोतिर रुख राखियो । छाता रुखजस्तै देखिने गरी बनाइयो । हुन सक्नेजति भ्रम थिए,’ अघि भन्छन्, ‘त्यसको व्यवस्थापन माननीय दिनेश थपलिया ज्यूले गर्नुभयो । यसको नैतिक प्रश्न उठेको छ, संवैधानिक निकायमा बसेर मनपरी गर्न पाइन्छ कि पाइँदैन ? सरकारको ध्यानाकर्षण गराउँछु । यो प्रश्न थपलियामाथि सरकारले गर्नुपर्छ ।’ आगामी चुनावमा पनि यस्तो समस्या आउन सक्ने भन्दै उनले बेलैमा विचार गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘निर्वाचन सकिएको छ, अर्को निर्वाचन आउने वाला छ । यही रवैया रहने हो भने, संवैधानिक निकायमा बसेर भाइवन्दी गर्ने हो भने उहाँले आफैलाई प्रश्न गर्नुपर्छ,’ आचार्यले भने, ‘निर्वाचन आयोग पोखरामा पनि छ । उहाँले त्यो प्रश्न पुर्याइदिनुहोला । थपलिया ज्यू संवैधानिक निकायमा बसेर नैतिकता भित्र बसिदिनुस् । किनकि अहिले इतिहासमै सबैभन्दा बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न उठेको छ । यो मैले किन जोड दिएको छु भने हामीलाई पीडा छ । यदि यो समस्या थिएन भने मेयर २७ हजार मतले जितेको हुन्थ्यो । उपमेयरले १६ हजार मतले जित्नुहुन्थ्यो । २४ वडाका सबै सदस्यले जितेका हुन्थे ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend