Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत


    बुधबार, जेष्ठ ११ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बैतडी । बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ४०८ मध्ये २९२ जना उम्मेदवारहरुले १०  प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो ।  

    दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र ३ जना उपप्रमुखकासहित वडा अध्यक्ष र सदस्यका गरी ९२ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लाको पाटन नगरपालिकामा पनि नगर प्रमुखका १ उपप्रमुखका १, वडा अधयक्षका १० र सदस्यका १४ जनागरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ । 
    पुर्चाैडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखका १ जना वडा अध्यक्षका ६ जना र १० जना सदस्यका उम्मेदवार गरी १९ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    मेलौली नगरपालिकामा ३ जना नगर प्रमुखका उम्मेदवार सहित ५६ जनाको जमानत जफत भएको छ ।  

    पञ्चेश्वर गाउँपालिकामा १ जना उपाध्यक्ष र ३ वडा सदस्यको गरी ४ जना उम्मेदवारको जमानत जफत भएको छ ।

    डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ । पालिका अध्यक्षका उम्मेदवार २ जना, वडा अध्यक्षका ५ र वडा सदस्यका ११ जना गरी १८ जनाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    बैतडीको सुर्नया गाउँपालिकमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र ९ जना वडा अध्यक्ष तथा वडा सदस्य गरी ११ जनाको जमानत जफत भएको छ । 

    शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १÷१ जना, वडा अध्यक्षका पनि २ जना र ११ जना वडा सदस्यका गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ । अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडा अध्यक्ष ८ जना र १४ जना वडा सदस्यका उम्मेदवारकोगरी २५ जनाको  जमानत जफत भएको हो ।

    जिल्लाको सिगास गाउँपालिकामा पनि अध्यक्षका १ र उपाध्यक्षका पनि १, वडा अध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    उम्मेदवारले कुल खसेको मत मध्ये १० प्रतिसत भन्दा कम मत ल्याएकाहरुको धरौटी जफत हुने प्रावधान रहेको छ । बैतडीमा १ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार