Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवेकशील साझामा मिलन पाण्डेको कारबाही फिर्ता हुने !


    बुधबार, जेष्ठ ११ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझाको अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिँदै संयोजक मिलन पाण्डे लगायतलाई गरेको कारबाही फिर्ता गर्न अनुरोध गरेका छन् ।

    अध्यक्ष मिश्रले यसअघि आफ्नो दस्तावेजप्रति असहमति राख्ने संयोजक मिलन पाण्डे लगायतलाई कारबाही गरेका थिए । त्यस्तै मिश्रले दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका नेता कार्यकर्ताहरूलाई पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।

    मिश्रले आफ्नो राजीनामा घोषणा गर्दै भनेका छन्, ‘मैले प्रस्तुत गरेको “विचारभन्दा माथि देश” दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको थियो । सो दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार