Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित दुई युवक पक्राउ


    बुधबार, जेष्ठ ११ २०७९
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।  उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ गरेको  प्रहरीले जनाएकाे छ। 

    पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् । 

     कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीकाे दाबी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार