काठमाडौं । मतगणना नसकिँदै काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् ।
उपमेयरमा २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठसँग सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ । श्रेष्ठले२० हजार ६८६ मतमात्र पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend