चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।
त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्याउने उनले तेस्रो निर्णय गरेकी छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend