Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो रहनेछ आजको मौसमः उपत्यकासहित देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


    बुधबार, जेष्ठ ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । काठमाडौँको गौशाला, एयरपोर्ट क्षेत्रमा बिहान हल्का पानी परेको हो । काठमाडौँ बाहिरका अन्य केही ठाउँमा पनि हल्का पानी परेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।

    आज दिउँसोपछि पनि पानी पर्ने सम्भावना रहेको उनले बताए । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार