Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको विद्यालयमा नरसंहार, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु


    बुधबार, जेष्ठ ११ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क। अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा  १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए । 

    पछिल्लोे हमला  वर्षौंपछि  देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ । ’

    आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । 

    राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार