Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरको मतगणना ७ घण्टापछि सुरु


    मंगलबार, जेष्ठ १० २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । मंगलबार बिहानदेखि राखिएको पोखरा महानगरको मतगणना करिब ८ घण्टापछि पुनः सुरु भएको छ ।

    पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मत भन्दा गन्दा कम भएपछि एमालेले अवरोध गरेको हो । 

    यहाँ एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ कम भयो । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।

    लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार