Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नीति तथा कार्यक्रम सपना र गन्तव्यविहीन छ, यो सरकार रहेसम्म समयको बर्बाद मात्रै हुन्छ: योगेश भट्टराई


    मंगलबार, जेष्ठ १० २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् ।

    संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रमा यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रम नभएकाे भन्दै यो सपनाविहीन, गन्तव्यविहीन भएकाे बताएका हुन् । 

    भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने समेत टिप्पणी गरे ।

    उनले भने, ‘मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार