Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजको माग गर्दै विरोध प्रदर्शन


    मंगलबार, जेष्ठ १० २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो । 

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्‍याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पूर्वकेन्द्रीय सदस्य दीपक ठटालले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार