Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज अन्तिम साता


    मंगलबार, जेष्ठ १० २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । 

    युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएकाे कार्यक्रमले मिति सरेको जनाएको हो ।

    नवौं खेलकुद प्रतियाेगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियाे । 

    नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार