Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी


    मंगलबार, जेष्ठ १० २०७९
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् ।

    निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका हुन् ।

    यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव चार हजार आठ सय १० मत ल्याएर विजयी भए । यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याएकी छिन् । यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार