Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फा चुनावः क-कसले गरे उम्मेदवारी दर्ता ?


    मंगलबार, जेष्ठ १० २०७९
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आउँदाे ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाकाे सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो । आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । 

    यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो । 

    यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले शेर्पा समूहमाबाट उम्मेदवारी दिएका हुन् । 

    यता, पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वीरबहादुर खड्काले भने दर्ता गराएका छैनन् । कार्यसमितिमा एक वरिष्ठ उपाध्यक्ष रहनेछन् । 

    यस्तै, उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा र दीर्घबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । 

    एन्फाको २१ सदस्यीय कार्यसमितिमा चार जना उपाध्यक्ष रहन्छन् । महिला सदस्यका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ मेलकु र विमला पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कार्यसमितिमा दुई महिला सदस्य रहन्छन् ।

    यस्तै १३ जना खुला सदस्यका लागि १९ जनाको उम्मेदवारी परिसकेको छ । सदस्य  पदमा उम्मेदवारी दिनेमा भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बू, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ र शम्भु बहादुर सिंह ठकुरी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार