काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त, गौशालाले काभ्रे घर भएका कलेजका कोअर्डीनेटर जनार्दन अधिकारीलाई पक्राउ गरेको हाे ।
कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।
पक्राउ परेका कोअर्डिनेटरलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।